Breaking News.... EverestOnlineKhabar
June 4, 2026

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसँग दोस्रो दिनको बयान सुरु

Loading

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग आज दोस्रो दिन पनि बयान लिन काम सुरु भएको छ । सिंहदरवारस्थित संसद सचिवालय भवनमा महाभियोग सिफारिस समितिका सदस्यहरुले जबरासँग दोस्रो दिन बयान लिइरहेका हुन्। चोलेन्द्र बयान दिनका लागि निर्धारित समयभन्दा आधाघण्टा ढिलो समितिमा उपस्थित भएका थिए ।

हिजो पहिलो दिन जबराले समितिले तयार पारेका ४३ प्रश्न मध्ये ४ प्रश्नको मात्रै जवाफ दिएका थिए । प्श्नको जवाफ दिने क्रममा उनले सत्ता गठबन्धन, न्यायाधीशहरु, नेपाल बार लगायतमाथि आक्रोश पोख्दै आफुबिरुद्धको महाअभियोग प्रस्ताव स्वतह निष्कृय भएको र आफुलाई न्याय चाहिएको बताएका थिए। त्यस्तै उनले ललिता निवासको जग्गा प्रकरणमा नेताहरु डा. बाबुराम भट्टराई र माधव नेपालको नाम मुछेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed