![]()

काठमाडौं। छलफलका लागि राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा पठाइएको नागरिकतासम्बन्धी विधेयक हुबहु पारित भएको छ।
आज बसेको समितिको बैठकले प्रतिनिधिसभाबाट पारित भएको विधेयकलाई छलफलपछि हुबहु पारित गरेको हो ।
वियेधकमा भएको नागरिकता वितरण सम्बन्धी ब्यवस्थाबारे केही असहमतीबारे छलफलका राष्ट्रिय सभाले विधायन समितिमा पठाएको थियो ।
जसउपर छलफल गर्दै समितिले हुबहु पारित गरेको हो ।
विधेयकमा नेकपा एमालेले भने लिखित अहसमति राखेको छ। यद्यपि समितिमा सत्तारुढ गठबन्धनमा रहेका दलको बहुमत रहेकाले विधेयक पारित भएको हो । समितिले आफ्नो प्रतिवेदनसहित बिहाीबार राष्ट्रियसभाको बैठकमा पेश गर्नेछ ।


