Breaking News.... EverestOnlineKhabar
June 4, 2026

मधेस प्रदेशका मुख्यमन्त्री राउतलाई हटाउने कुनै योजना छैन्- उपेन्द्र यादव

Loading

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई पदबाट हटाउन लागेको भन्ने हल्ला मात्रै भएको भएका छन् ।

आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै आफुले मुख्यमन्त्री रावतलाई पदबाट राजीनामा निर्देशन दिएको भन्ने खबरमा सत्यता नभएर हल्ला मात्रै बताएका हुन् । मुख्यमन्त्री राउतलाई आफुले त्यस्तो कुनै निर्देशन नदिएको र हटाउने कुनै योजना पनि नभएको अध्यक्ष यादवले बताए ।

मधेस प्रदेश सरकारले छोरी पढाउन उत्प्रेरणा जगाउने उदेश्यले निशुल्क साइकल वितरण गर्दा भ्रष्टाचार भएको भन्दै खबरहरु बाहिर आएपछि मुख्यमन्त्री रावतको नाम पनि जोडिएको थियो । यसैबिचमा अध्यक्ष यादवले मुख्यमन्त्री रावतलाई पदबाट राजीनामा दिन निर्देशन दिएको भन्ने खबरहरु आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed