![]()

काठमाडौं । आगामी मंसिर ४ गतेको निर्वाचनका लागि निर्वाचन आयोगले आचार संहिता निर्माणको प्रक्रिया थालेको छ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आचार संहिता निर्माणको प्रक्रिया सुरू गरिएको आयोगले जनाएको छ ।
निर्वाचनमा रिपोर्टिङ गर्ने पत्रकारहरूसँग आज आयोगले गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आचार संहिता निर्माणको प्रक्रिया तयारी स्वरुप भोली राजनीतिक दलहरूसँग छलफल गरिने जानकारी दिए । उनले गत स्थानीय तहको निर्वाचनको आचार संहिता कार्यान्वयनको अवस्थाको मूल्यांकन गर्दै दलहरूको सुझावको आधारमा संहिता जारी गर्ने बताए ।
उनले संचारक्षेत्रले पनि निर्वाचन आचार संहिता पालना गर्नतर्फ ध्यान दिनुपर्ने बताए । आचार संहिता आफु पनि पालना गर्दै अरुलाई पनि पालना गराउन संचार माध्यमको ठूलो भूमिका रहने आयुक्त थपलियाको भनाई छ । निर्वाचनलाई सफल बनाउनु सबै क्षेत्रको उत्तिकै जिम्मेवारी रहने उनले बताए ।


