![]()

कठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) जिल्ला कमिटी काठमाडौंको तेस्रो पूर्ण बैठक शनिबार सम्पन्न भएको छ । बैठकले एलपी श्रेष्ठको नेतृत्वमा २ सय ८१ सदस्यीय जिल्ला कमिटी पुनर्गठन गरेको छ ।
कमिटीको उपाध्यक्षमा कुमारी श्रेष्ठ र बटुकृष्ण थापा, उपसचिवहरूमा कृष्णहरि खत्री, ध्रुबराज न्यौपाने र सुरेन्द्र हर्ष बज्राचार्य सर्वसम्मत चयन भएका छन् । त्यस्तै सचिव पद भने खाली रहेको छ । हाल खाली रहेको सचिव पद व्यबस्था नभएसम्म उपसचिव ध्रुबराज न्यौपानेलाई उक्त जिम्मेवारी दिने बैठकले निर्णय गरेको छ ।
बैठकको प्रमुख अतिथिका रुपमा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल रहेका थिए । अध्यक्ष नेपालको निर्वाचन क्षेत्र पनि भएकाले अब उक्त क्षेत्रमा उत्तराधिकारीका रुपमा एलपी श्रेष्ठलाई नै मानिएको छ ।



