![]()

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) उपत्यका युवा विशेष जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रम आज सम्पन्न भएको छ । बुद्धनगरमा आयोजित कार्यक्रममा पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले ३३५ जनालाई संगठित सदस्यता प्रदान गरि सपथ ग्रहण गराएका छन्।
उक्त कार्यक्रममा पार्टी अध्यक्ष नेपाल, उपाध्यक्ष जयन्ती राई, महासचिव डा।बेदुराम भुसाल, उपमहासचिव कमरेड डा।बिजय पौडेल, पार्टी स्थायी कमिटी, केन्द्रिय कमिटी, माननीय साम्सहरु, युवा संघ नेपाल, अनेरास्ववियु लगायत अन्य जनवर्गीय संगठनका नेताहरुको विशेष उपस्थितिमा शपथ सहित तिज विशेष कार्यक्रम सम्पन्न भएको कमिटीका उपाध्यक्ष अनिल बोगटीले जानकारी दिए ।
एकीकृत समाजवादीले आगामी निर्वाचनलाई मध्यनजर गर्दै प्रशिक्षणमुलक, सभा गोष्ठीदेखि प्रचारमुलक कार्यक्रमहरु गरिरहेको छ।


