Breaking News.... EverestOnlineKhabar
August 15, 2026

Loading


काठमाडौँ । नेकपा माओवादी केन्द्रले महासचिवसहित २१ सदस्यीय पदाधिकारीको प्रस्ताव गरेको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा आज बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले महासचिवमा देव गुरुङसहित २१ सदस्यीय पदाधिकारीको नाम प्रस्ताव गरेका थिए ।
पार्टी महाधिवेशन भएको ८ महिनासम्म माओवादीले पदाधिकारी टुंगो लगाउन सकेको थिएन् ।

अध्यक्ष प्रचण्डले बैठकमा प्रस्ताव पार्टी गरेका मध्ये महासचिवमा देव गुरुङ, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा, उपमहासचिवमा हरिबोल गजुरेल, जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, मात्रिका यादव र शक्ति बस्नेत रहेका छन् ।

त्यस्तै सचिवमा गणेश साह, दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणी पोखरेल, हितराज पाण्डे, हितमान शाक्य, राम कार्की र डिलाराम आचार्यको नाम प्रस्ताव गरिएको माओवादीले जनाएको छ ।

यस्तै, कोषाध्यक्षमा केन्द्रीय कार्यालय मुख्यसचिव श्रीराम ढकाललाई बनाउने प्रस्ताव भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed