Breaking News.... EverestOnlineKhabar
August 14, 2026

नागरिकता नहुँदा धेरै युवाहरुको भविष्य बर्बाद भइरहेको छ- सांसद चौधरी

Loading


काठमाडौं । नेकपा एकिकृत समाजवादीकी सांसद लक्ष्मी चौधरीले नागरिकता विधेयकमाथि धेरै राजनीति भएको बताएकी छन् । आज बसेको प्रतिनिधि सभा बैठकमा नागरिकता विधेयकमाथिको छलफलका क्रममा आफ्ना धारणा राख्दै सांसद चौधरीले विधेयकमाथि राजनीति गरिएको बताएकी हुन् । नागरिकता नुहँदा लाखौं युवाहरुको भविष्यको बर्वाद भइरहेको बताउँदै उनले विधेयकमा उठेका बिषयमा मध्यमार्गी बाटो अपनाएर विधेयक पारित हुनुपर्नेमा जोड दिइन् ।

नागरिकता विधेयकमा बुहारीलाई सहजै नागरिकता दिने प्रावधान ठिक नभएकाले सबैभन्दा बढि विवाद त्यसमा रहेको उनको भनाई छ । विश्वका कुनैपनि देशमा बिहे गरेको भोली पल्टै विदेशी बुहारलिाइृ नागरिकता दिने प्रावधान नभएको भन्दै सांसद चौधरीले कम्तिमा पनि ५ बर्षपछि नागरिकता दिने प्रावधान राख्नुपर्ने जोड दिइन् ।

उनले नागरिकतालाई कुर्सीसंग सम्बन्ध राख्न नहुने भन्दै देशको भूगोल र परिस्थिती बुझेर नागरिकता वितरणमा कडाई गर्नुपर्ने बताइन् ।

नागरिकता विधेयकमा हाम्रो आपत्ति भनेकै विदेशी बुहारीलाई विहे गरेकै भोलीपल्ट नागरिकता दिनु हुन्न भन्ने हो । नागरिकता नपाउँदासम्म केहि परिचयपत्र दिने ब्यवस्था गरौं । नागरिकता विधेयकमाथि धेरै राजनीति भयो, नागरिकता नहुँदा धेरै युवाहरुको भविष्य अन्धकार भइरहेको छ । नागरिकतालाई कुर्सीसंग सम्बन्ध नराखौं, हाम्रो देशको भूगोल र परिस्थिती बुझेर नागरिकता वितरणमा कडाई नै गरौं, उनले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed