Breaking News.... EverestOnlineKhabar
May 10, 2026

भारतीय च्यानल जी न्यूजलाई ओलीले दिएको अन्तरवार्ता नाटकमात्र हो : प्रचण्ड

Loading

काठमाडौं। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय जी न्यूजलाई दिएको अन्तर्वार्ता नाटकमात्रै भएको बताएका छन्।
प्रचण्डले ओलीको राष्ट्रवाद भारतीय गुप्तचरका प्रमुखसँग रातीराती भेट गरेबाटै प्रश्न उठेको बताए।

बुधबार काठमाडांैमा बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीले जुन च्यानलाई अन्तरवार्ता दिएको सोही च्यानलले सगरमाथाको नामै फेर्ने सम्मको समाचार दिएको भन्दै ओलीलाई प्रश्न समेत गरेका थिए।

उनले भने, ‘उहाँलाई विदेशी शक्ति आएर के के मन्त्र सुनाए त्यो थाहा भएकै हो। अहिले जी न्युजलाई उहाँले दिएको अन्तर्वार्ता पनि हेर्यौँ त्यो नाटकै हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.