Breaking News.... EverestOnlineKhabar
June 4, 2026

ओलीले डमरु बजाएर सडकछाप पार्टीको टिकट बाँडिरहेका छन्ः नेपाल

Loading

काठमाडौं। नेकपाका अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्र र संविधानमा प्रहार गरेपछि प्रधानमन्त्री केपी ओली एक्लिँदै गएको बताएका छन्। बुधवार काठमाडौंमा आयोजित नेता, कार्यकर्ता भेलामा अध्यक्ष नेपालले असंवैधानिक कदमले ओलीलाई एक्लो र निरीह बनाएको बताएका हुन्। उनले देश, जनता, नागरिक समाज सबैतिरबाट आफूहरूलाई समर्थन रहेको बताए।

‘उहाँ (ओली) सबैतिरबाट एक्लिनुभएको छ। प्रायः तानाशाहहरु यसरी नै एक्लिँदा रहेछन्’, अध्यक्ष नेपालले भने। ओलीले मार्क्सवादी आन्दोलनलाई सिद्ध्याउन खोजेको र लोकतन्त्रको मर्ममाथि प्रहार गरेको बताए। उनले ओली झुटको पुलिन्दा भएको र झुट बोल्न माहिर भएको बताए। उनले ओलीको झुटको एक एक जवाफ दिनुपर्ने बताए।

नेपालले केपी ओलीको पार्टी सडकको धुलो भएको आरोप पनि उनले लगाए। ओलीले अहिले केन्द्रीय सदस्यका लागि टिकट बाँडिरहेको नेपालले बताए। उनले भने, ‘उहाँले केन्द्रीय सदस्य बन्न आऊ भनेर टिकट बाँड्नुभएको छ। त्यो सडक छाप पार्टीमा को-को जाने हो हेर्न मात्रै बाँकी छ। उहाँको त्यो कथित पार्टीलाई परित्याग गर्नेहरूको संख्या बढ्दै छ। त्यो पार्टी सडकको धुलोमा परिणत हुन गइरहेको छ।’

उनले अगाडि भने, ‘ओलीले केन्द्रीय कमिटीमा सदस्य बनाउन डमरु बजाउनुभएको छ। सदस्यलाई बढाएर १५ सय पुर्‍याउनुभएको छ। सुन्दै छु- २५०० पुर्‍याउँदै हुनुहुन्छ। त्यतिले पनि पुगेन भने ५००० पुर्‍याउने होला। उहाँको सडक छाप पार्टीमा को-को छन् हेर्दै जानुहोला। त्यहाँबाट केही फर्किँदै हुनुहुन्छ। त्यो पार्टी पौवा होइन सडकको धुलोमा पुग्नेछ।’

केपी ओली पार्टी सिस्टममा भन्दा पनि गुटका आधारमा चल्ने व्यक्ति भएको नेपालको भनाइ छ। पार्टीले २०५० सालदेखि नै ओलीको प्रवृत्ति झेल्दै आएको उनले बताए। ओलीको अहंकारवादी शैलीले आफूहरूले दुःख पाइरहेको नेपालको भनाइ छ। उनले भने, ‘केपी ओलीमा मै हुँ भन्ने अहंकार छ। पार्टीभन्दा माथि ठान्नुहुन्छ आफूलाई। त्यसैले हामी पीडित भएका हौं।’

ओलीको आचरणले उनलाई कुनै पनि हालतमा कम्युनिस्ट भन्न नसुहाउने नेपालको जिकिर छ। नेपालले भने, ‘उहाँमा कम्युनिस्ट आचरण छैन। उहाँ कुनै पनि हालतमा कम्युनिस्ट होइन। आत्मालोचनाको कुनै बानी छैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed