Breaking News.... EverestOnlineKhabar
May 11, 2026

इन्डोनेशियामा विमान दुर्घटना

Loading

इन्डोनेसियाको श्रीविजवा विमान उडेको केही समयमा नै दुर्घटनाग्रस्त भएको छ । इन्डोनेशियाको राजधानी जकार्ताबाट छ बालबालिकासहित ५९ यात्रु लिएर उडेको श्रीविजया एअर बोइङ ७३७ विमान देशको पश्चिमी कालिमान्तन प्रान्तको पोन्टिआनक जाने क्रममा दुर्घटनाग्रस्त भएको हो । उडानहरूको विवरण राख्ने वेवसाइट फ्लाइटरडारडटकमका अनुसार एक मिनेटभन्दा कम समयमा उक्त विमानले तीन हजार मिटर तल झरेको बताइएको छ । स्थानीयहरूले केही व्यक्तिहरू पानी तैरिइरहेको देखिएको उनीहरू जीवित हुने आशा क्षीण रहेको साथै ती विमानका यात्रु रहेको हुनसक्ने बताएका छन् । विमानका भग्नावशेषझैँ देखिने तस्बिरहरू स्थानीय टेलिभिजन र सामाजिक सञ्जालमा देखाइएको छ तर ती वेपत्ता विमानका नै भग्नावशेष हुन् भनी पुष्टि गर्ने कुनै प्रमाण भेटिएको छैन । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.