Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

भारतीय गायिका कनिका कपूरलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएको पुष्टी भएको छ । कोरोनाको संक्रमण देखिएपछि उनलाई उत्तर प्रदेशको राजधानी लखनऊको केजीएमयू अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । उनी पाँच दिनअघि (मार्च–१५)मा लण्डनबाट भारत फर्किएकी थिइन् । लखनऊमा एक अपार्टमेन्टमा बसेकी कनिकाले एक होटलमा पार्टी पनि दिएकी थिइन् । पार्टीमा करिब पाँच सय जान सहभागी थिए ।

कानिकालाई कोरोनाको संक्रमण देखिएपछि उनको पार्टीमा सहभागी भएकाहरुको खोजी भइरहेको स्वास्थ्य विभागलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनीहरुको सबैको नमुना परीक्षण गरिने स्वास्थ्य विभागले जानकारी दिएको छ । पार्टीमा सहभागी व्यक्तिहरुमा कोरोनाको संक्रमण देखिए अस्पतालको निगरानीमा राखिने बताइएको छ । लखनऊमा कनिकासहित चार जनालाई कोरोनाको संक्रमण देखिएको पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed