Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ चैत ७, काठमाडौं । नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले भारतका सबै शहरमा गरिरहेको उडान रोकेको छ । अब भारतको नयाँदिल्ली, मुम्बई र बैंगलोरमा गर्दै आएको नियमित उडान चैत्र ९ (मार्च २२,२०२०) गतेदेखि लागु हुने गरी स्थगित गरेको छ । यसअघि भारतले २२ तारीखबाट सबै अन्तर्रा्ष्ट्रिय वायुसेवालाई भारतमा प्रवेश रोक्ने निर्णय गरेको थियो । सोही अनुसार नेपाल एयरलाइन्सले भारतीय शहरमा गरिरहेको उडान रोक्ने निर्णय लिएको हो ।

डाइरेक्टोरेट जनरल अफ सिभिल एभिएसन, भारतद्धारा कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धमा जारी गरिएको सूचना अनुसार ती गन्तव्यको नियमित उडान तत्कालका लागि चैत्र १६ (मार्च २९,२०२०) गतेसम्मका लागि स्थगित गरिएको कम्पनीले जनाएको छ । चैत्र ९ गतेदेखि उडान स्थगित गरिएको अवधिभरका लागि टिकट खरीद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराइने भएको छ । यसअघि नेपाल एयरलाइन्सले दिल्ली उडान घटाएको थियो । पछिल्लो निर्णयसँगै निगमका अधिकांश उडान रद्द भएका छन् । यसले मूख्य सिजनमै यो कम्पनीले व्यापार गुमाउनु परेको हो । निगमले जापानको नारिता, मलेसियाको क्वालालाम्पुर, थाइल्याण्डको बैंकक, यूएइको दुबई, कतारको दोहामा गर्दै आएको उडान अनिश्चितकालका लागि बन्द गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed