Breaking News.... EverestOnlineKhabar
April 20, 2026

पाकिस्तानी प्रधानमन्त्रीद्वारा कोभिड–१९ विरुद्ध राष्ट्रिय एकताको आग्रह

Loading

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले राष्ट्रलाई एक टेलिभिजनमा गरेको सम्बोधनमा कोभिड–१९ विरुद्धको युद्ध जित्ने जिम्मेवारीका साथ एकताको माग गरेका छन् । मङ्गलबार साँझ एक टेलिभिजनमार्फत प्रधानमन्त्रीले भने, “हामी जिम्मेवार राष्ट्र हौँ भनेर प्रमाणित गर्न हामीले आफूलाई र अरूलाई रक्षा गर्नु आवश्यक छ । सरकारले यस रोगलाई नियन्त्रण गर्न, स्वास्थ्य सेवा उपलब्ध गराउन र आपूर्ति सुनिश्चित गर्न यथासक्य प्रयास गर्नेछ’ । खानले आफुलाई न्याय गर्न घरमै बसेर, सार्वजनिक सभामा उपस्थित हुनबाट जोगिँदै, अन्य सावधानी अपनाउनेहरू र कोभिड– १९ लक्षण भएमा मात्र मेडिकल जाँचको लागि सरकारलाई सहयोग गर्न भनेका छन् ।

प्रधानमन्त्रीले मानिसहरुलाई यो रोगको विरूद्ध लड्न चीनबाट सिक्न आग्रह गरेका छन् र भाइरस फैलाउन नदिने रोकथामको लागि चीनले गरेको सफल प्रयासको प्रशंसा गरेका थिए । पाकिस्तान निरन्तर चीनको सम्पर्कमा रहेको र चीनले पहिले नै पाकिस्तानलाई सहयोग गरिरहेको, तर पाकिस्तानले अझ बढी चीनबाट सिक्नु पर्ने आवश्यक रहेको खानले बताए । कोरोना भाइरसबाट अर्थव्यवस्थामा पर्ने प्रभावलाई कसरी सामना गर्ने भन्ने विषयमा सरकारको आर्थिक कमिटीले निर्धारण गर्ने पनि उनले बताए । सरकारले निर्यातकर्ताहरू र नोक्सान भोग्नेहरूलाई सहयोग पु¥याउने पनि उनले बताए ।

देशले सबै सार्वजनिक र निजी शैक्षिक संस्थाहरू, विवाहका पार्टी हलहरू, सांस्कृतिक केन्द्रहरू, सिनेमाघरहरू बन्द गरेको छ, र सबै खेलकुद गतिविधिहरू र आधिकारिक कार्यक्रमहरू रद्द गरेको छ । पाकिस्तानले यसको पश्चिमी सीमाबाट ईरान र अफगानिस्तानबाट आउने नागरिकलाई पनि रोकेको बताइएको छ । साथै उक्त नाकाबाट सीमा पार गरी नागरिकलाई बाहिरिन पनि रोकेको बताइएको छ । देशले यस रोगका विरुद्ध लड्न विशेष कार्यक्रमका साथ अघि बढेको र केही व्यक्तिको परिचालन गर्नुको साथै देशका सबै नाकाहरुबाट प्रवेशमा कडाई गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed