![]()
भारतका राज्यमन्त्री भी मुरलीधरन सेल्फ क्वारेन्टाइनमा बसेका छन् । गत हप्ता राज्यमन्त्री मुरलीधरन चित्र तिरूनल इन्स्टिच्यूड अस्पतालमा एक मिटिङमा सहभागी हुन पुगेका थिए । सोही मिटिङमा सहभागी एक डाक्टरमा कोरोनाभाइरसको संक्रमण देखिएपछि उनी सेल्फ क्वारेन्टाइनमा बसेको इण्डियन एक्सप्रेसले बताएको छ । ती डाक्टर स्पेनबाट फर्किएका थिए भने उक्त मिटिङमा भेला भएका अन्य डाक्टरलाई पनि क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ । ती डाक्टरहरु अहिले विशेष निरानीमा रहेको बताइएको छ । राज्यमन्त्रीले सुरक्षाका लागि १४ दिनसम्म दिल्लीस्थित आफ्नै निवासमा सेल्फ क्वारेन्टाइनमा बस्ने निर्णय गरेका हुन् । राज्यमन्त्रीको कार्यालयले यसबारे जानकारी गराएको हो ।


