Breaking News.... EverestOnlineKhabar
June 25, 2026

Loading

२०७६ चैत्र ४, जनकपुरधाम । प्रदेश नम्बर २ को नाम ‘जानकी’ राख्ने प्रस्ताव अस्वीकृत भएको छ । प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेशको नाम जानकी राख्ने प्रस्ताव गरेको थियो । तर, नेकपाको प्रस्तावको पक्षमा ३७ मत मात्रै खसेको छ । नेकपाको प्रस्तावको विपक्षमा ७० मत खसेको छ । प्रदेशसभामा रहेका कूल सदस्यसंख्याको दुईतिहाई बहुमतले मात्रै प्रदेशको स्थायी राजधानी र नाम तोक्ने संवैधानिक व्यवस्था छ । प्रदेश नम्बर २ को प्रदेशसभामा कूल सदस्यसंख्या १ सय ७ मध्ये दुईतिहाई बहुमत जुटाउनका लागि ७२ मत चाहिन्छ । प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपाका ३२ सांसद छन् । यस्तै, सत्तारुढ दल समाजवादीको ३०, नेपाली कांग्रेसको २९, सत्ता साझेदार राजपाको २५ र संघीय समाजवादीको १ सिट रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed