![]()
२०७६ चैत ०२, काठमाडौँ । आगामी चैत ६ गतेबाट हुने तय भएको यस वर्षको एसईई परीक्षा सर्नसक्ने जानकारी स्वास्थ्यमन्त्री भानुभक्त ढकालले गराएका छन् । उनले कोरोना भाइरसको जोखिमका कारण एसईई परीक्षा सर्नसक्ने जानकारी राष्ट्रियसभामा आइतबार गराएका हुन् । राष्ट्रिय सभामा स्वास्थ्यमन्त्री ढकालले भने, ‘दुईतीन दिन महामारीको अवस्था हेरेर नयाँ तालिका बनाउनेरनबनाउने कुरा टुंगो लाग्छ ।’


