Breaking News.... EverestOnlineKhabar
May 11, 2026

Loading

२०७६ चैत २, झापा । झापाका एक व्यक्तिलाई कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको आशङ्कामा उपचारका लागि आज काठमाडौँ पठाइएको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार ज्वरो आएर उपचारका लागि विराटनगरको नोवेल मेडिकल हस्पिटल पुगेका भद्रपुर निवासी एक पुरुषलाई प्रारम्भिक जाँचपछि कोरोना भाइरस सङ्क्रमणको आशङ्का गरिएको हो । उनका अनुसार चिकित्सकले उपचारका लागि निजलाई काठमाडौँ सिफारिस गरेका छन् । ‘कोरोना भाइरस सङ्क्रमण भएको आशङ्का चिकित्सकहरुले प्रारम्भिक जाँचपछि गर्नुभएको छ’, प्रजिअ रानाले रासससँग भने, उपचारका लागि डाक्टरकै सिफारिसमा आजै ग्राण्डी हस्पिटल लगिएको छ ।’ रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.