Breaking News.... EverestOnlineKhabar
April 21, 2026

Loading

पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नो होटेललाई अस्पतालमा परिणत गर्ने भएका छन् । इटालीमा कोरोनाको प्रभाव बढ्न थालेपछि रोनाल्डोले आफ्नो ‘पेस्टाना सीआर ठ’ होटेललाई अस्पतालको रुपमा परिवर्तन गर्न लागेका हुन् । पाँच पटक बलोन ’डि’ ओर जितेका समाजसेवीका रुपमा पनि चिनिन्छन् ।

रोनाल्डोको होटेललाई केही दिनमा नै अस्पतालमा रुपान्तरण गरिने बताइएको छ भने अस्पतालमा भर्ना हुने सम्पूर्ण बिरामीको उपाचार समेत निःशुल्क गरिने बताइएको छ । अस्पतालमा कार्यरत डाक्टरलाई पारिश्रमिक समेत रोनाल्डो आफैँले दिने भएका छन् । युभेन्टसका डिफेन्डर रुगानीमाथि कोरोना पोजेटिभ भेटिएपछि रोनाल्डोमाथि पनि कोरोनाको आशंकामा परीक्षण गरिएको थियो । तर उनीमाथि कोरोना नभएको पुष्टि भैसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed