Breaking News.... EverestOnlineKhabar
April 21, 2026

Loading

२०७६ चैत्र ०२, काठमाडौं– साप्ताहिक कारोबारको पहिलो दिन आज (आइतबार) सुनको मूल्यमा गिरावट आएको छ । शुक्रबार प्रतितोला ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार तोलामा १ हजार ५ सय रुपैयाँले घटेर ७७ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ७६ हजार ७ सयमा कारोबार भइरहेको छ । चाँदी पनि आइतबार ३० रुपैयाँले घटेर प्रतितोला ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed