Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ फागुन १६, जनकपुरधाम– धनुषाको धनौजी गाउँपालिका–२ का वडासचिव (खरिदार) २० हजार घुस रकमसहित पक्राउ परेका छन् । जन्म प्रमाणित गरिदिएवापत सेवाग्राहीसँग लिएको घुससहित धनौजी गाउँपालिका–२ का वडा सचिव (खरिदार) सुशील ठाकुर पक्राउ परेका हुन् । पूर्व सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासबाट खटिएको टोलीले वडा सचिव ठाकुरलाई घुस रकमसहित पक्राउ गरेको हो । ठाकुरलाई धनौजी गाउँपालिका–२ को वडा कार्यालयबाटै पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed