Breaking News.... EverestOnlineKhabar
April 21, 2026

सरकारले विकासकर भन्दै पेट्रोल र डिजेलको भाउ ५–५ रुपैयाँ बढायो

Loading

२०७६ फागुन १५, काठमाडौं । सरकारले प्रतिलिटर पेट्रोल र डिजेलमा थप ५ रुपैयाँ विकास कर थपेर १० रुपैया र्पुयाएको छ । बिहीवार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै सोही मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री युवराज खतिवडाले सो जानकारी दिएका हुन् । गत फागुन १२ गते बसेको मन्त्रिपरिषद बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैया विकास कर लगाउने निर्णय गरेको हो । बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर ५ रुपैया कर लगाउन थालेको थियो । अहिले आएर सो कर रु ५ थपेर रु १० र्पुयाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed