Breaking News.... EverestOnlineKhabar
April 22, 2026

प्रहरी भ्यानलाई ट्रकले ठक्कर दिँदा चार प्रहरी घाइते

Loading

२०७६ फागुन ११, रौतहट । रौतहटमा ट्रकले प्रहरी भ्यानलाई ठक्कर दिँदा चार जना प्रहरी घाइते भएका छन् । गौरबाट पथलैयातर्फ गइरहेको ना १ च १३३१ नम्बरको प्रहरी भ्यानलाई ना ६ ख ८६२५ नम्बरको ट्रकले आइतबार बिहान ठक्कर दिएको हो । चन्द्रनिगाहपुरबाट पश्चिमतर्फ जंगलमा मानसिक सन्तुलन नभएकी एक महिलालाई बचाउने क्रममा ट्रकले सन्तुलन गुमाउँदा प्रहरी भ्यानसँग ठोक्किएको बताइएको छ ।

दुर्घटनामा गौर बसपार्कका इन्चार्ज प्रहरी नायव निरीक्षक मनोज सिंह र मठिहा प्रहरी चौकीका इन्चार्ज गौविन्द यादव गम्भीर घाइते भएका छन् । उनीहरु दुवैलाई चन्द्रनिगाहपुरमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ । यस्तै प्रहरी नायव निरीक्षक हृदय यादव र प्रहरी जवान सरोज यादव सामान्य घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गौरका प्रवक्ता डिएसपी नविन कार्कीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed