![]()
२०७६ फागुन ११, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली जन्मदिन मनाउन जन्मस्थान तेह्रथुमको आठराई गाउँपालिका जाँदै छन् । प्रधानमन्त्री ओली जन्मदिन मनाउन आफ्नो क्षेत्रमा आउने भएपछि आठराई गाउँपालिकामा आइतबार स्थानीय सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले प्रधानमन्त्री ओलीले आफ्नो क्षेत्रमा विकास निर्माणका कामको शिलान्यास गर्ने भएकाले स्थानीय बिदा दिने निर्णय गरेको जनाएको छ । प्रधानमन्त्री ओलीले आइतबार ६९ औँ जन्मदिन मनाउँदै छन् र उनले यसपटकको जन्मदिन जन्मघर आठराईमा मनाउने भएका हुन । ओलीले आइतबार आठराईको छातेढुङ्गाको सुकेपोखरी, आफ्नो जन्मघर हुँदै ताप्लेजुङ्गको ढुङ्गेसाँघुस्थित मदन भण्डारीको जन्मघरसम्म जोड्ने मोटरबाटोको शिलान्यास गर्ने कार्यक्रम छ । यस्तै जन्मघरमा हुने कार्यक्रममा उनले नेपाल बैंकको शाखा कार्यालय उद्घाटन गर्ने छन् ।


