Breaking News.... EverestOnlineKhabar
June 6, 2026

आर्थिक समृद्धितर्फ प्रदेश सरकार प्रतिबद्ध छ ः मुख्यमन्त्री पौडेल

Loading

२०७६ फागुन ०७, हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शान्ति सुरक्षाको प्रत्याभूति र आर्थिक समृद्धिको लागि योजना कार्यान्वयनतर्फ प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रजातन्त्र दिवसको उपलक्ष्यमा वाग्मती प्रदेश सरकारद्वारा आज हेटौँडामा आयोजित समारोहमा उनले सरकारले जनताप्रति उत्तरदायी बहन गर्दै राष्ट्रिय गौरवको आयोजनालगायत जनहितको विभिन्न कार्यक्रमहरु कार्यान्वयनमा ल्याएको बताए । मुख्यमन्त्रीले एकोहोरो सरकारको आलोचना गर्ने मात्रै बानीलाई त्यागेर रचनात्मक सोच पनि राख्नुपर्ने घारणा व्यक्त गरे ।

उनले राजनीतिक दलको नेतृत्वले आ–आफ्नो दलको स्वार्थभन्दा माथि उठेर संविधान, प्रजातन्त्रको सुदृढीकरण र राष्ट्रियताको संरक्षणको लागि एकै ढिका भएर हिँड्नुपर्ने अवस्था आएको उल्लेख गरे । मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले अहिले सुशासनको सम्बद्र्धन गर्दै जनतालाई मौलिक हको संरक्षण तथा दिगो शान्ति सुरक्षाको प्रबन्ध मिलाउन उच्च प्राथमिकता दिएको बताए ।सो अवसरमा वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सरकारले आफ्नो क्षेत्रमा सुशासन ल्याउन र दिगो शान्ति सुरक्षा तथा विकासको पूर्वाधारलाई कार्यान्वयनतर्फ जोड दिनुपर्ने विश्वास व्यक्त गरे । उनले सरकारको सिफारिसअनुसार प्रदेशसभाले विभिन्न ४८ वटा विधेयक पारित गरिएको र ती विधेयकबाट सरकारले आफ्नो कार्यसम्पादनमा गतिशीलता ल्याएको बताए ।

जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले प्रदेश सरकारले स्थानीय निकायलाई समन्वय गरेर जनताको हितको निमित्त सहज ढङ्गबाट उनीहरुलाई सेवा सुविधा उपलब्ध गराउनेतर्फ अग्रसर गराउँदा प्रजातन्त्रको सुदृढीकरणमा सफलता प्राप्त हुने विश्वास व्यक्त गरे । प्रजातन्त्र दिवसको अवसरमा हेटौँडास्थित बुद्धचोकबाट मुख्यमन्त्री पौडेल, वाग्मती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ, मन्त्रीगण, प्रदेशसभाका सदस्य, विभिन्न कार्यालय प्रमुख र सुरक्षाका उच्च अधिकृत सम्मिलित ¥याली बजारको परिक्रमा गरी वाग्मती प्रदेश सरकारको परिसरमा पुगेर कार्यक्रममा परिणत भएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed