Breaking News.... EverestOnlineKhabar
April 20, 2026

१४ किलो चाँदीसहित झापाबाट दुई जना पक्राउ

Loading

२०७६ फागुन ७, झापा । झापाको मेचीनगर नगरपालिका–६, मेचीखोला नजिकबाट प्रहरीले १४ किलो चाँदी र २१ किलो तामाका सामानसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं–६, बौद्धका ३४ वर्षीय अजित नगरकोटी र ३८ वर्षीय श्याम सुनुवार छन् । उनीहरुले बोकेको झोला खनतलासी गर्ने क्रममा चाँदी र तामाका सामान बरामद भएको प्रहरीले जनाएको छ । बरामद सामान ९ लाख ९८ हजार रुपैयाँ बराबरको रहेको प्रहरीको भनाइ छ । बरामद सामग्रीलाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय, काँकरभिट्टा बुझाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed