Breaking News.... EverestOnlineKhabar
April 20, 2026

ललितपुरको लेले सामुदायिक वनमा महिलाको शव भेटियो

Loading

२०७६ फागुन ०७, काठमाडौं । ललितपुरको लेले सामुदायिक वनमा नग्न अवस्थामा भेटिएको शव हत्यापछि फालिएको पुष्टि भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ पनि गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको लेकफर्साका गिरबहादुर परियार छन् । अपराधलगत्तै भागेर सुर्खेत पुगेको अवस्थामा उनलाई पक्राउ गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले बताए । उनले भने, ‘सुर्खेतमा पक्राउ परेका छन् । ललितपुरतिर ल्याउँदैछौं ।’

यसअघि ४ असोजमा नग्न अवस्थामा अन्दाजी ४० वर्षीय खगेश्वरा दमाईको शव भेटिएको थियो । प्रारम्भमा शवको सनाखत हुन नसकेपछि गाउँमा सोधपुछ गर्ने क्रममा दुवै जनासँगै २१ माघमा काम खोज्दै स्थानीय एक कृषि फर्ममा पुगेको खुलेको थियो । फार्मकै अधिकारीले शवको सनाखत गरेका थिए । अनुसन्धान अधिकृतका अनुसार शवको पछाडिपट्टी निल डाम देखिन्छ भने कपडा पनि अपराधस्थलको विभिन्न क्षेत्रमा छरिएको थियो ।

उनीहरु पतिपत्नी भएको जनाइएको छ । यद्यपि, हत्या कसरी भयो भन्ने खुलिसकेको छैन । हालसम्म हत्याको कारणबारे पनि प्रहरीले खुलाएको छैन । ‘यहाँ ल्याइसकेपछि मात्र हत्याको कारणबारे सोधपुछ सुरु हुन्छ’, राईले भने, ‘मृत्युको कारणबारे पोष्टमार्टम रिपोर्टले बताउनेछ ।’ हाल शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed