Breaking News.... EverestOnlineKhabar
June 5, 2026

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु

Loading

२०७६ फागुन ६, चितवन । भरतपुर महानगरपालिका–१५ फूलबारीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय रामप्रसाद दुवाडी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । फूलबारीबाट मङ्गलपुर जाँदै गरेको बा १ क ६२५५ नंको ट्रकले विपरीत दिशाबाट आइरहेको ना ५७ प १९ नंको मोटरसाइकललाई सोमबार राति ठक्कर दिएको थियो । ठक्करबाट घाइते दुवाडीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । ठक्कर दिने ट्रक र त्यसका चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed