Breaking News.... EverestOnlineKhabar
June 5, 2026

चोरी गरिरहेको अवस्थामा २ जना पक्राउ

Loading

२०७६ फागुन ६, भक्तपुर । मध्यपुर थिमी नगरपालिका–२ सानोठिमी डेरा गरी बस्ने सिन्धुपाल्चोक साँगागढी घर भएका २० वर्षीया जुनु श्रेष्ठको कोठामा चोरी गरिरहेको अवस्थामा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ताप्लेजुङ चिडिउवा घर भई काठमाडौं बस्ने पुजन लिम्बु र काभ्रे घर भई काठमाडौं डल्लु बस्ने अनिल तामाङ रहेका छन् ।

महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई चोरी गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । साथै लिम्बुको साथबाट छिनो १ थान र नगद ५ हजार ३ सय १५ रुपैयाँ तथा तामाङको साथबाट खुकुरी १ थान र नगद १५ हजार ५ सय रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed