Breaking News.... EverestOnlineKhabar
April 20, 2026

टाइगर श्राफको फिल्म ‘बागी ३’ को ट्रेलर सार्वजनिक

Loading

२०७६ माघ २३, काठमाडौं – बलिउड अभिनेता टाइगर श्राफको फिल्म ‘बागी ३’ को ट्रेलर सार्वजनिक गरिएको छ । लामो समयदेखि प्रतीक्षित यो फिल्मको ट्रेलरमा पूरापूर एक्सन देख्न सकिन्छ । फिल्ममा टाइगरलाई दमदार एक्सनका साथ देख्न सकिन्छ । ट्रेलरका अनुसार फिल्ममा आफ्नो भाइलाई समस्या पर्दा ज्यान लिन र दिन तयार हुने युवकको कथा छ । टाइगरका भाइको भूमिकामा रितेश देशमुख छन् भने फिल्ममा श्रद्धा कपूरको पनि शीर्ष भूमिका छ । फिल्मको कहानी अनुसार आफ्नो भाइलाई बचाउन टाइगर सिरिया जान्छन् । टाइगरलाई एक्सन र स्टन्टका साथसाथै शर्टलेस पनि देखाइएको छ । अहमद खानले निर्देशन गरेको यो फिल्म आउँदो मार्च ६ मा रिलिज हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed