Breaking News.... EverestOnlineKhabar
June 5, 2026

Loading

२०७६ माघ २३, अर्घाखाँची । दुई वर्षअघि शीतगङ्गा नगरपालिका वडा नं १० सिद्धारा हर्रेका माधवप्रसाद पौडेलले हर्रेमा रहेको जग्गा बिक्री गर्न खोजे । जग्गा किन्ने मानिस खोजे तर बिक्री भएन । आजभोली जग्गा किन्ने मानिस दैनिक आउछन् । हर्रे र बर्रे क्षेत्रमा जग्गा किन्न आउने मानिस ह्वात्तै बढेको पौडेलले बताए । रुपन्देही र कपिलवस्तुबाट व्यावसायिक योजनासाथ जग्गा किन्न आउने मानिस बढेका छन् । पौडेलले भने, ‘अहिले जग्गा बेच्न स्थानीयले छाडे, जग्गा बिक्री गरेर तराई झरेका मानिस पनि गाउँ फर्कन शुरु गरेका छन् ।’ अर्घाखाँची जिल्लाकै अति विकट अर्थात् जिल्लाकै कर्णाली भनेर चिनिने सिद्धारामा सडक कालोपत्र हुन थालेपछि जग्गाको मूल्य मात्र हैन व्यावसायिक काम पनि बढेको छ ।

स्थानीय अत्यन्तै हर्षित भएका छन् । शीतगङ्गा नगरपालिकाको केन्द्र ठाडामा आउने कच्ची बाटो रहे पनि वर्षात्को समयमा बाटो बन्द हुँदै आएको थियो । त्यही सडककै कारण स्थानीय धमाधम बसाइँसराइ गरेर गएका थिए । दुई वर्ष पहिलासम्म १२र१५ हजार रोपनीमै जग्गा बेचेर हिँडेका अहिले पछुताएका छन् । जसले जग्गा बिक्री गरेर गयो अहिले सडक कालोपत्र हुन थालेपछि तिनै मानिस जग्गा खोज्दै आउने गरेको शीतगङ्गा नगरपालिका– १० का वडाध्यक्ष हिम्मत पोख्रेलले बताए । हिउँदमा चल्ने र वर्षामा नचल्ने सडकका कारण वर्षामा कोही बिरामी परेमा चार घण्टा स्टे«चर तथा डोकामा बोकेर प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा लैजान बाध्य थिए । अहिले गोरुसिङ्गे सन्धिखर्क सडकको चाक्लादेखि सिद्धाराको हर्रेसम्मको सडक पक्कि हुन थालेको छ । सडक कालोपत्र हुन थालेपछि स्थानीय हर्षित भएका हुन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट चाक्ला सिद्धारा, पाकुरी, नयाँबस्ती, धान खोला सडक निर्माण हुन थालेको हो । लुम्बिनी अर्घाखाँची पुस्पा जेभीले रु २४ करोड ७४ लाखको लागतमा अहिले १० किलोमिटर कालोपत्रको काम गरिरहेको लुम्बिनी अर्घाखाँची पुस्पा जेभीका प्रमुख वसन्त भुसालले बताए । बहुवर्षीय काम भएकाले यो योजना महेन्द्र राजमार्गको धानखोला पुगेपछि मात्र सम्पन्न हुनेछ । ‘पाँच घण्टा पैदल हिँडेर ठाडा पुग्थ्यौं, अहिले सडक बन्न शुरु गरेको छ । अब सडक कालोपत्र भएपछि २०र२५ मिनेटमै ठाडा जान सकिने भयो’, हर्रेका ७३ वर्षीय बलबहादुर नेपालीले भने, ‘अब त वर्षामा बिरामी भए पनि गाडीमा लैजान सकिने भयो, चार घण्टा स्टे«चर र डोकामा बोकेर बिरामी ठाडा लैजानुपर्ने बाध्यता टरेको छ’, नेपालीले भने ।

यो सडकले नेपालकै कृषि उत्पादनमा जोड दिने देखिएको छ । सडक कालोपत्र हुन शुरु गरेसँगै रुपन्देही र कपिलवस्तुबाट आएर यहाँ कृषि तथा पशु फार्म सञ्चालन गर्नेक्रम देखिएको छ । विकट ठाउँ भएकै कारण यहाँका मानिस वर्षेनी बसाइँसराइ गर्दै आएका थिए । सिद्धाराको वडा नं १० बाटमात्रै वर्षेनी २५ देखि ३५ घरसम्म बसाइँसराइ गर्ने गरेका थिए । सडक कालोपत्र हुने भएपछि बसाइँसराइ रोकिने भएको स्थानीय जनता आधारभूत विद्यालयका प्रधानाध्यापक मणिराम पोख्रेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed