Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ माघ १४, सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बीमा क्षेत्रका समस्या सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको जानकारी दिएका छन् । सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानको सुर्खेत कार्यालयको आज उद्घाटन गर्दै उनले नीतिगत, कानूनी र व्यावहारिक समस्या सुल्झाउन सहयोग गरिने बताए । मन्त्री ज्वालाले सम्पूर्ण कर्णालीवासीलाई बीमाको पहुँचमा ल्याउन राष्ट्रिय बीमा संस्थानलाई आग्रह गर्दैे यस क्षेत्रका जटिलतालाई सरलीकृत गर्न आवश्यक रहेको बताए । ‘समस्या पर्दा लाभ लिन सकिन्छ भनेर बीमा गर्ने हो, तर भुक्तानी प्रक्रिया झन्झटिलो हुने गुनासो सुनिन्छ’, उनले भने, ‘बीमा संस्थानले बीमा क्षेत्रका समग्र जटिलतालाई सम्बोधन हुने गरी सरकारसमक्ष प्रस्ताव गरोस्, प्रदेश सरकार जटिलता सुल्झाउन तयार छ ।’

संस्थानका अध्यक्ष गङ्गाराम कँडेलले शाखा विस्तारलाई तीव्रता दिँदै हरेक नागरिकको पहुँचमा बीमा क्षेत्रलाई पु¥याउने बताए । सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष धनबहादुर रावतले बीमा गर्दा सहज तर भुक्तानी लिँदा असहज हुने प्रक्रिया अन्त्य गर्न संस्थानलाई सुझाव दिए । संस्थानका प्रशासक कविप्रसाद पाठकले मुलुकका २० प्रतिशत जनता बीमाको पहुँचमा रहेको तथा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा यस क्षेत्रको तीन प्रतिशत योगदान रहेको जानकारी दिए । संस्थानले जुम्लामा समेत शाखा कार्यालय सञ्चालन गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed