![]()
२०७६ माघ १४, बुटवल । रुपन्देहीमा आज भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । भने २ जना गम्भीर घाइते भएका छन् । भैरहवा–भुमही सडक खण्डअन्र्तगत रुपन्देहीको रोहिणी गाँउपालिका–४ मा ३ वटा ट्रक एकापसमा ठोक्किँदा ३ जनाका मृत्यु भएको प्रहरीले जनाएको छ । जसमा २ जना गम्भीर रहेको प्रहरीले जनाएको छ । भैरहवाबाट परासीतर्फ जाँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक, परासीबाट भैरहवातर्फ आउँदै गरेको ना २ ख ८४८१ नम्बरको ट्रक र ना ५ ख ७८५६ नम्बरको ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको टाफ्रिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
दुर्घटनामा नवलपरासीको पालीनन्दन गाउँपालिका अन्दाजी ३० बर्षिय लालु कुर्मि, सोही ठाउँमा अन्दाजी ३० बर्षका मोभीकन कुर्मी र सुनसरीको चतेराबस्ने अन्दाजी ३५ बर्षिय पुर्ण बहादुर भुजेलको मृत्यु भएको छ । ट्रकमा १३ जना सवार थिए । घाइतेहरुलाई उपचारका लागि भैरहवामा रहेको भिम अस्पताल र युनिभर्सल मेडिकल कलेज पठाइएको छ । सडकमा कुहिरो लागेका कारण ती ट्रकहरु आपसमा ठोक्किएका थिए ।


