Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ माघ १२, काठमाडौं । जग्गा व्यवसायीमा संलग्न एक पूर्वसैनिक आफ्नै सहकर्मीबाट लुटिएका छन् । काभ्रेस्थलीको जंगलमा पैसा बोकेर गएका पूर्वसुबेदार बच्चुराम गुरूङलाई उनकै जग्गा व्यवसायी सहकर्मीले बिहीबार लुटेका हुन् । ‘बल्ने ढुंगा’ भेटिएको भन्दै केही व्यक्तिले गुरूङलाई जंगलमा पैसा लिएर बोलाएका थिए । पचास लाख रुपैयाँ पैसा लिएर गएका गुरूङलाई छ जनाले लुटेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

लुटिएपछि गुरूङले प्रहरीमा खबर गरेका थिए । घटना अनुसन्धानमा परिचालन भएको अपराध महाशाखाको टोलीले सो घटनामा संलग्न ६ जनालाई शनिबार पक्राउ गरेको हो । उनीहरूलाई राजधानीका विभिन्न स्थानबाट पक्राउ गरिएको महाशाखा स्रोतले जनाएको छ । उनीहरूको साथबाट चार वटा पल्सर मोटरसाइकल, १९ लाख रूपैयाँ नगद बरामद भएको महाशाखाका एक अधिकृतले बताए । अनुसन्धान अनुसार जग्गा व्यवसायका अतिरिक्त उनीहरू जनावरका अखटोपहार, हाड हड्डी बिक्री वितरणमा संलग्न छन् ।

‘कहिले स्यालको सिङको कारोबार गर्ने कहिले वनमान्छेको हाडहड्डीको कारोबार गर्ने गरेको पत्ता लागेको छ,’ स्रोतले भन्यो, ‘त्यही सिलसिलामा बल्ने ढुंगो छ भनेर लुटेको थाहा भएको छ ।’ गुरूङले आफूबाट ५० लाख रुपैयाँ लुटेको प्रहरीलाई बताएका छन् । त्यसमध्ये १९ लाख रुपैयाँ लुटपाटमा संलग्नबाट बरामद गरिएको हो । प्रहरीले अनुसन्धानकै क्रममा रहेकाले पक्राउ परेकाको विवरण उल्लेख गरेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed