Breaking News.... EverestOnlineKhabar
April 20, 2026

भारतमा गणतन्त्र दिवसको दिन चार स्थानमा बम बिस्फोट

Loading

भारतमा गणतन्त्र दिवसको मौकामा असमको माथिल्लो भेगमा श्रृङ्खलाबद्ध बम बिस्फोटको खबर सार्वजनिक भएको छ । प्राप्त जानकारीका अनुसार दुई बिस्फोट डिब्रूगढमा, एक सोनारीमा अर्को दुलियाजनको पुलिस थाना नजिकै भएको हो । अहिले कुनै पनि संगठनले यो बिस्फोटको जिम्मेवारी लिएको छैन । डिब्रूगढ जिल्लामा एक बिस्फोट ग्राहम बजारमा भयो भने अर्को ए टी रोडमा एक गुरुद्वारेको पछाडि भयो । यी दुई इोत्र डिब्रूगढ पुलिस थाना अन्तर्गत पर्छन् ।

पुलिसले अर्को बिस्फोट दुलियाजन तेल शहरमा भएको र त्यहाँबाट थप जानकारी आउन बाँकी रहेको जानकारीमा उल्लेख छ । उनका अनुसार एक अन्य विस्फोट चराइदेव जिल्लाको सोनारी पुलिस थाना अन्तर्गत पर्ने इलाका तिओक घाटमा भयो । पुलिसका अनुसार वरिष्ठ अधिकारी बिस्फोट स्थलमा पुगेको र त्यहाँको क्षतीको विवरण संकलन गरिरहेका छन् । यस्तै असमको डीजीपी भास्कर ज्योति महन्तले भने, ‘हामीले डिब्रुगढमा बिस्फोटको सूचना पाएका छौं । यसबारे अनुसन्धान सुरु भइसकेको छ र यसमा कसको संलग्नता होला भनेर पनि पत्ता लगाउने कोसिस भइरहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed