![]()
२०७६ माघ १०, काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा साविक विजेता मनाङ मसर््याङ्दी क्लबले साँघुरो जित निकालेको छ । शुक्रबार भएको खेलमा मनाङले पुछारको क्लब सरस्वती युथ क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मनाङको जितमा विमल रानाले निर्णायक गोल गरे । खेलको ४६ औं मिनेटमा विमलले गरेको गोल मनाङको जितमा निर्णायक बन्यो । जितसँगै मनाङले ८ खेलमा १६ अंक जोडेको छ । र, मनाङले शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबसँग अंक बराबरी गरेको छ । तर, मनाङ गोल अन्तरमा पछि पर्दै तेस्रो स्थानमा रहेको छ । आर्मी ७ खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहदा मछिन्द्र फुटबल क्लब ८ खेलमा १६ अंकसहित दोस्रो स्थानमा रहेको छ । सरस्वती ८ खेलमा १ अंक जोडेर लिगको पुछारमा रहेको छ ।


