Breaking News.... EverestOnlineKhabar
June 4, 2026

अग्नि सापकोटाविरुद्ध मुद्धा दायर गर्ने राष्ट्रपतिका सल्लाहकार प्याकुरेलले दिए राजीनामा

Loading

२०७६ माघ १०, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले राजीनामा दिएका छन् । प्याकुलले शुक्रबार राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका हुन् । यद्यपि उनको राजीनामा स्वीकृत भइसकेको छैन । उनी ०७४ मा भण्डारीको राजनीतिक सल्लाहारकारमा नियुक्त भएका थिए । भण्डरीको पहिलो कार्यकालमा उनी दुई वर्ष राजनीतिक सल्लाहकारको जिम्मेवारीमा थिए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुखको उम्मेदवारका रुपमा अग्नि सापकोटालाई अगाडि सारेपछि उनीले राजीनामा दिएको बुझिएको छ । प्याकुरेलले काभ्रेका अर्जुन लामाको हत्या आरोपमा सापकोटाविरूद्ध २०७२ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed