![]()
२०७६ माघ ०९, हेटौंडा । मकवानपुरको धियालमा बिहीबार विहान सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बकैया गाउँपालिका वडा नम्बर २ धियालको सरस्वतिमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा ट्याक्टर चालक एवं धनी बाराको निजगढ नगरपालिका वडा नम्बर ३ का ३४ वर्षीय परशुराम सिटौला रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ना ६ त ६१८३ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टँदा सिटौलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललनकुमार कुर्मीले बताए ।


