Breaking News.... EverestOnlineKhabar
April 19, 2026

’ए’ डिभिजन लिग ः शेर्पालाई हराउँदै थ्रीस्टार तेस्रो स्थानमा उक्लियो

Loading

२०७६ माघ ०९, काठमाडौं । थ्री स्टार क्लब सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै थ्री स्टार लिगको शीर्ष तीनमा उक्लिएको हो । थ्री स्टारलाई जित दिलाउन शुसिल राई, सन्जोग राई र ओलानडिरन हाजमतले एक एक गोल गरे । शेर्पाका स्टेफेन समिरले एक गोल फर्काए । तुलनात्मक कमजोर टिम शेर्पाविरुद्ध खेलको छैटौं मिनेटमा शुसिलले गोल गर्दै थ्री स्टारलाई १–० को अग्रता दिलाएका थिए ।

पहिलो हाफमा थप गरिएको इन्जुरी समयको दोस्रो मिनेटमा स्टेफेनले गोल गर्दै शेर्पालाई १–१ को बराबरीमा ल्याए । तर, त्यसको एक मिनेटपछि सन्जोगले गोल गर्दै पहिलो हाफमा थ्री स्टार २–१ को अग्रता दिलाए । त्यसपछि खेलको ५० औं मिनेटमा हाजमतले उत्कृष्ट हेड गोल गर्दा थ्री स्टारले ३–१ को सहज जित निकाल्यो । खेलमा थ्री स्टारका सन्जोग म्यान अफ दि म्याच चुनिए । जितसँगै तेस्रो स्थानमा उक्लिएको थ्री स्टारले ८ खेलमा १४ अंक जोडको छ । शेर्पाले ८ खेलमा ७ अंक जोडेको छ । शेर्पा लिगको ११ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed