Breaking News.... EverestOnlineKhabar
June 14, 2026

Loading

बार्सिलोनाले सोमबार प्रशिक्षक अर्नेस्टा भाल्भर्डेलाई बर्खास्त गरेको छ । पाँच दिनअघि साउदी अरबमा भएको स्पेनिस सुपरकपको सेमिफाइनलमा एट्लेटिको म्याड्रिडसँग पराजित भएका कारण भाल्भर्डेलाइृ बर्खास्त गरेको हो । बार्सिलोनाले सुपरकपमा हारको मुख्य कारण प्रशिक्षक अर्नेस्टो भाल्भर्डेलाई ठानेको थियो । बार्सिलोनाका खेलाडी पनि भाल्भर्डेसँग त्यति खुसी देखिएनन् । बार्सिलोनाले भाल्भर्डेलाई बर्खास्त गर्नासाथ क्विक सेटिनलाई नयाँ प्रशिक्षक नियुक्त गरेको छ ।

सेटिन रियल बेटिसका पूर्व प्रशिक्षक हुन् । बार्सिलोनाले सेटिनलाई २०२२ को जुन सम्म अनुबन्ध गरेको विज्ञप्तीमा उल्लेख छ । बार्सिलोनाका ६१ वर्षीय नयाँ प्रशिक्षक सेटिनले आफू आक्रामक फुटबलमा केन्द्रित हुने बताएका छन् । उनी २०१७ देखि २०१९ मे सम्म बेटिसको प्रशिक्षक थिए । बार्सिलोनाले भल्भर्डेसँगको सम्झौता समाप्त भएको भन्दै उनले क्लबमा गरेको योगदान र सहयोगका लागि धन्यवाद दिएको छ । ५५ बर्षीय भाल्भर्डेले बार्सिलोनालाई दुई पटक स्पेनिस ला लिगाको उपाधि जिताएका थिए । उनी सन् २०१७ मा बार्सिलोनाको प्रशिक्षक बनेका थिए ।

बार्सिलोनाका पूर्व खेलाडी समेत रहेका भाल्भर्डेले सन् १९८८ देखि १९९० सम्म बार्सिलोनाबाटै फुटबल खेलेका थिए । यसपटक पनि बार्सिलोना लिगको शीर्ष स्थानमै छ । तर, बार्सिलोना गत सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा लिभपुरसँग पराजित हुँदै बाहिरिएपछि भाल्भर्डेको दिनगन्ती त्यतिबेलै सुरु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.