Breaking News.... EverestOnlineKhabar
June 6, 2026

माग्दै हिँड्ने र कोही नभएको मौकामा चोरी गर्ने ६ जना पक्राउ

Loading

२०७६ पुस २७, धनगढी । कैलाली प्रहरीले चोरीका गहना र नगदसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगञ्ज उपमहानगरपालिका घर भएका ४० वर्षीय रन्जु मुसहर, ७० वर्षीय कलमी मुसहर, १८ वर्षीय उषा मुसहर, ६० वर्षीय जोगिन्द्र मुसहर, ३० वर्षीय जितेन्द्र मुसहर र २० वर्षीय वविना मुसहर रहेका छन् । फरक फरक स्थानबाट पक्राउ परेका उनीहरुको साथबाट चोरीका गहना र ७० हजार रुपैयाँ नगद बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए ।

‘हामीले तीन जनालाई रातो पुल क्षेत्रबाट र अन्य तीन जनालाई डोके बजारबाट पक्राउ गरेका हौं,’ बस्नेतले भने, ‘पक्राउ परेकाहरूको बारेमा अनुसन्धान भइरहेको छ ।’ पक्राउ परेकाहरू सार्वजनिक ठाउँमा माग्दै हिँड्ने गरेको पाइएको प्रहरी प्रवक्ता बस्नेतले बताए । ‘उनीहरू माग्दै हिँड्थे,’ उनले भने, ‘कोही नभएको मौका छोपेर चोर्ने गरेको पाइएको छ ।’ चोरीमा संलग्न अरू पनि रहेको हुन सक्ने प्रहरीले जनाएको छ । प्रवक्ता बस्नेतले भने, ‘गिरोह नै रहेको अनुमान गरेका छौँ । यसबारे अनुसन्धान जारी छ ।’ उनीहरूविरुद्ध जाहेरी आएपछि प्रहरीले पक्राउ गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed