Breaking News.... EverestOnlineKhabar
June 14, 2026

Loading

२०७६ पुस २४, कैलाली । सेती अञ्चल यातायात व्यवस्था कार्यालय धनगढीले चालू वर्षको मङ्सिर मसान्तसम्म रु साढे २१ करोड ४९ लाख ५४ हजार २५८ राजश्व सङ्कलन गरेको छ । सवारी साधन कर, चालक अनुमतिपत्र दस्तुर, सवारी दर्ता किताब, व्यवसाय रजिष्टे«शन दस्तुर, यातायात क्षेत्रको आम्दानी तथा अन्य प्रशासनिक सेवा शुल्कलगायतका विभिन्न राजश्व शीर्षकबाट सो राजश्व सङ्कलन भएको निमित्त प्रमुख लक्ष्मण शाहीले जानकारी दिए ।

सबैभन्दा बढी सवारी साधन करबाट रु १६ करोड २६ लाख ६२ हजार ८५२ राजश्व सङ्कलन गरेको छ । सबैभन्दा कम अन्य प्रशासनिक सेवा शुल्कबाट रु सात हजार ३०० राजश्व सङ्कलन गरेको उनले बताए । कार्यालयले गत आव २०७५र०७६ मा विभिन्न राजश्व शीर्षकबाट रु ३९ करोड ९० लाख ६१ हजार ५०५ राजश्व सङ्कलन गरेको थियो ।

स्मार्ट लाइसेन्स आउनमा ढिलाइ
कार्यालयले २० हजार ६७९ स्मार्ट लाइसेन्स विभागबाट छपाई भई आउन बाँकी रहेको जनाएको छ । बोलपत्र प्रक्रियामा हुने ढिलाइ, एकै ठाउँमा छपाई गर्ने व्यवस्था, सफ्टवेयरमा देखिने विभिन्न समस्याले विभागबाट स्मार्ट लाइसेन्स छपाई भएर आउन ढिलाइ हुने गरेको प्रमुख शाहीले बताए ।

आव २०७४÷०७५ को साउन महिनादेखि स्मार्ट लाइसेन्स वितरण कार्य शुरु गरेको कार्यालयमा हालसम्म ४१ हजार ६७९ जनाले स्मार्ट लाइसेन्सका लागि आवेदन दिएका जनाइएको छ । ती मध्ये २१ हजार लाइसेन्स कार्यालयमा प्राप्त भई १६ हजार ५०० वितरण गरिसकेको र चार हजार ५०० लाइसेन्स वितरण गर्न बाँकी रहेको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed