![]()
२०७६ पुस २४, काठमाडौँ – उर्जा मन्त्री वर्षमान पुन नविकरणीय उर्जा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन बिहीबार युएई प्रस्थान गरेका छन् । पाँच सदस्यीय नेपाली टोलीको नेतृत्व गरेर मन्त्री पुन युएई तर्फ गएका हुन् । शुक्रबारदेखि सुरु हुने सम्मेलन चार दिनसम्म चल्ने छ । सो सम्मेलनमा विश्वका १२० देशका प्रतिनिधिहरुको सहभागिता रहने जनाइएको छ । सम्मेलनमा नविकरणीय उर्जा र त्यसको सम्भाव्यता तथा लगानीका सम्बन्धमा छलफल हुनेछ ।
मन्त्री पुनले आउँदो शनिबार र आइतबार सम्मेलनका दुई शत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यस्तै युएई बसाईको क्रममा मन्त्री पुनले युएई र भुटानका समकक्षीसँग भेट गर्ने जनाइएको छ । भेटमा उर्जा व्यापार तथा जलस्रोत सम्बन्धी विषयमा छलफल हुनेछ । भ्रमण टोलीमा वैकल्पिक उर्जाका कार्यकार निर्देशक डा. मधुसुधन अधिकारी, उर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवाल, स्वकीय सचिव दुर्गाप्रसाद चापागाईँसहित पाँचजना छन् । मन्त्री पुन पुस २८ गते स्वदेश फर्किने छन् ।


