Breaking News.... EverestOnlineKhabar
April 19, 2026

Loading

२०७६ पुस २४, काठमाडौँ – नेपाली सेनाले सेनाको इतिहास प्रवर्द्धन, रुपन्देहीको बुटवलस्थित जितगढी किल्लाको संरक्षण, प्रचारप्रसार तथा नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउने उद्देश्यले ‘भिक्ट्री म्याराथन तथा युनिटी रन’ आयोजना गर्ने भएको छ । सेनाले यही पुस २७ गते राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा मध्य पश्चिम पृतना बुटवलको संयोजकत्वमा पुरुष तथा महिला म्याराथन प्रतियोगिता गर्न लागेको हो ।

नेपालको राष्ट्रिय पहिचानका रूपमा रहेका गढी एवम किल्लालाई व्यवस्थित गर्न तथा तिनको जगेर्ना गर्न प्रतियोगिता आयोजना गर्न लागेको सेनाले जनाएको छ । नेपाल एकीकरणको क्रममा कर्णेल उजिरसिंह थापाको नेतृत्वमा रहेको फौजले बुटवलको जितगढी, नुवाकोटको नुवाकोटगढीलगायत स्थानमा भएको आक्रमणलाई विफल पारी विजय हासिल गरेकाले नेपाली सेनाको इतिहासमा बुटवलको जितगढी तथा नुवाकोटगढीको विशेष महत्व रहेको सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतियोगितामा पुरुष तथा महिला म्याराथनतर्फ पहिलो हुनेले एक लाख, दोस्रो हुनेले ५० हजार तथा तृतीय हुनेलाई २५ हजार पुरस्कार प्रदान गरिनेछ । पुरुष तथा महिला हाफ म्याराथनतर्फ पहिलोले ५० हजार, दोस्रोले २५ हजार, तृतीयले १५ हजार पुरस्कार प्राप्त गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed