Breaking News.... EverestOnlineKhabar
September 25, 2026

Loading

२०७६ पुस २३, काठमाडौं । गाउँबाट शहर प्रवेश गरेसँगै शहरिया बन्न एक यूवाले गर्ने विभिन्न क्रियाकलाप समेटिएको चलचित्र ‘चिसो एस्ट्रे’ जेठको १६ गतेबाट रिलिज हुनेभएको छ । आधुनिक बन्न खोज्दा आफैलाई मानिसले कसरी गुमाउँछ भन्ने कथा पर्दामा उतारिएको छ । यो चलचित्रलाई दिनेश पाल्पालीले निर्देशन गरेका हुन् ।
उनले यसअघि ‘बालकृष्ण समः अनटोल्ड स्टोरी’ निर्देशन गरेका थिए । यो चलचित्रमा निर्देशकले मुख्य चार चरित्रमार्फत् मानिसको अन्तरयात्राको कथालाई पर्दामा प्रस्तुत गरेका छन् । उनले भने–‘चलचित्रले गाउँबाट शहर आएर आधुनिक बन्न खोज्ने एक युवाको कथा भन्ने प्रयास गरेको । तर, आधुनिक बन्ने चक्करमा उसले आफूलाई नै गुमाउन पुग्छ । आधुनिक बन्न उसले गर्ने यात्रा र यात्राका क्रममा भेट्ने अरु यात्रुको कथा नै चिसो एस्ट्रे हो ।’

चलचित्रमा दिव्य देवले मदनको रुपमा मुख्य यात्रुको भूमिका निर्वाह गरेका छन् भने सहयात्रीको भूमिकामा निकुन श्रेष्ठ, नविन लम्साल, सुशील राज पाण्डे, रबिन तामाङ र श्रृष्टी श्रेष्ठलाई पर्दामा देख्न सकिन्छ । कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित यो चलचित्रलाई महेशबाबु तिमिल्सिनाले प्रस्तुत गरेका हुन् । निर्माणमा भने महेशबाबुलाई प्रबिन स्याङ्बोले सघाएका छन् । चलचित्रमा उज्जल बस्ताकोटीको छायांकन, उज्जवल ढकालको सम्पादन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed