Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ पुस २३, काठमाडौं । बलिउड अभिनेता ज्याकी श्राफको शीरमा नेपाली टोपी देखिएको छ । नेपाली मुलकी बलिउड अभिनेत्री मनिषा कोइरालाले सामाजिक संजालबाट सार्वजनिक गरेको तस्बिरमा ज्याकी श्राफ नेपाली ढाकाटोपीमा सजिएका छन् । ज्याकी श्राफ उक्त टोपी अभिनेत्री मनिषा कोइरालाले उपहार दिएकी हुन् । ज्याकी श्राफसँग मनिषाको केही अगाडि भेट भएका थियो । सोही क्रममा उनले टोपी दिएकी हुन् ।

मनिषाले सार्वजनिक गरेको केही तस्बिर मध्य एक तस्बिरमा उनको आमाबुबा समेत ज्याकी श्राफको साथमा देखिएका छन् । पाठेघरको क्यान्सरलाई जितेर नयाँ जीवन बिताइरहेकी मनिषाले तस्विरका साथ ज्याकीसँग एकसाथ केही समय बिताउन पाएकोमा खुसी व्यक्त गरेकी छन् ।

ज्याकी र मनिषाले एकसाथ सौदागर’, ‘मिलन’, ‘१९४२ अ लभ स्टोरी’, ‘दुष्मनी’, ‘अग्नीसाक्षी’, ‘लावारिस’, ‘युगपुरुष’लगायत थुप्रै चलचित्र एकसाथ अभिनय गरेका छन् । क्यान्सरबाट मुक्त भएपछि मनिषा पछिल्लो समय सन्जय दत्तको फिल्म ‘प्रस्थानम’मा देखिएकी थिइन् । जसमा ज्याकी श्राफ पनि कलाकारको रुपमा रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed