Breaking News.... EverestOnlineKhabar
June 6, 2026

१ सय ८० यात्रु बोकेको युक्रेनी विमान इरानमा दुर्घटना

Loading

२०७६ पुस २३ । इरानको राजधानी तेहरानबाट किएभका लागि उडेको युक्रेनको बोइङ ७३७ विमान दुर्घटनाग्रस्त बनेको छ । प्राविधिक समस्याका कारण विमान दुर्घटनाग्रस्त बनेको इरानको मिडियाले जानकारी दिएको छ । फ्लाइट रडारमा युक्रेनको अन्तर्राष्ट्रिय उडानको फ्लाइट पीएस ७५२ इमाम खोमेनी विमानस्थालबाट स्थानीय समयअनुसार ६ बजे बिहान उडान भरेको केही समयमा नै बेपत्ता भएको देखिएको छ ।

विमानमा १८० यात्रु र चालक दलका सदस्य रहेको बताइएको छ । उनीहरुको अवस्थाको बारेमा थप विवरण आइपुगेको छैन । विमान दुर्घटना हुन केही घण्टाअघि मात्र इरानले इराकस्थित अमेरिकी सेनाको एयरबेसमा क्षेप्यास्त्र प्रहार गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed