Breaking News.... EverestOnlineKhabar
April 20, 2026

भक्तपुर नगरपालिकाद्वारा शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ऋण दिन सुरु

Loading

२०७६ पुस २३, भक्तपुर । भक्तपुर नगरपालिकाले नगरवासी विद्यार्थीलाई शैक्षिक ऋण प्रदान गर्न सम्झौता शुरु गरेको छ । गरीब र इमानदार ९१ विद्यार्थीलाई चालू आर्थिक वर्षमा ऋण उपलब्ध गराइने नगरपालिकाले जनाएको छ । नगरप्रमुख सुनिल प्रजापतिले कार्यक्रमको मङ्गलबार शुभारम्भ गर्दै ऋणको सही सदुपयोग गर्न विद्यार्थी एवं अभिभावकलाई आग्रह गरे । स्थानीय सरकार सञ्चालन ऐन २०७४ले दिएको अधिकार प्रयोग गरी नगरपालिकाको चौथो नगरसभाले शैक्षिक ऋण वितरण गर्ने नीति पारित गरी गतवर्षदेखि नै कार्यान्वयनमा ल्याएको थियो ।

कार्यक्रममा –९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले वर्षदेखि नगरपालिकाभित्र स्थायी बसोबास गर्ने जेहेन्दार तथा विपन्न विद्यार्थीलाई शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर छ प्रतिशत ब्याजदरमा रु पाँच लाखसम्मको रकम वितरण गर्दै आएको जानकारी दिए । नगरपालिकाले शैक्षिक ऋण दिन निर्दे्शिका तयार गरेको छ । नगरपालिकाले गत आव २०७५–७६ मा ३७ नगरवासी विद्यार्थीसँग शैक्षिक ऋणको सम्झौता गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed