Breaking News.... EverestOnlineKhabar
June 14, 2026

Loading

२०७६ पुस २२, काठमाडौं । मालपोत कार्यालय साँखुका नायव सुब्बा रामेश्वर कुइकेल र लेखापढी व्यवसायी श्रीराम सापकोटा घुस रकमसहित पक्राउ परेका छन् । दृष्टि बन्दकको लिखत पास गरे वापत २ हजार रुपैयाँ घुस लिने नायव सुब्बा कुइकेल र उनलाई घुस रकम दिने लेखापढी व्यवसायी सापकोटा रंगेहात पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले दुवै जनालाई घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed