Breaking News.... EverestOnlineKhabar
June 14, 2026

Loading

२०७६ पुस २२, खाँदबारी । संखुवासभाको धर्मदेवी नगरपालिकाले अपाङ्गता भएका १ सय ५० व्यक्तिलाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ । नगरपालिकाका उपप्रमुख शोभा घिमिरेले अपाङ्गता भएका व्यक्तिलाई सहज हुने स्थानमा शिविर सञ्चालन गरेर अपाङ्गता परिचयपत्र वितरण गरिएको जानकारी दिइन् । नगरपालिकाले आफूहरुलाई पायक पर्ने स्थानमा शिविर सञ्चालन गरेर परिचयपत्र दिँदा खुशी भएको फरक क्षमता भएका व्यक्तिहरुले बताएका छन् । कार्यविधि बनाई परिचयपत्र वितरण गरिएको नगर प्रमुख रमेशकुमार जिमीले जानकारी दिए । उनका अनुसार फरक क्षमता भएका व्यक्तिलाई अपाङ्गताका आधारमा चार किसिमको परिचयपत्र वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed